बिहीबार, वैशाख ११, २०८२

बारा-२ मा यादवलाई कांग्रेसको समर्थन

नेपालखोज २०७९ चैत १९ गते १२:४८

काठमाडौं । बारा-२ को उपचुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बैशाख १० मा हुने उपनिर्वाचनमा यादवलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गगरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेसले चितवन-२ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया