विष्णु खत्रीको छोरा विनम्र गायनमा डेब्यू गर्दै
नेपालखोज
२०७९ चैत १९ गते १४:३३

काठमाडौं । लोक गायक विष्णु खत्रीका छोरा विनम्र खत्री गायनमा डेब्यू गर्न लागेका छन् । विष्णुले आफ्नो पछिल्लो गीत ‘गलकोटे दाई’गाएको टिकटक भिडियो शेयर गर्दै लोक गायनमै डेब्यू गर्न लागेको बताएका छन् ।
उनले लेखेका छन्, ‘छोरा बिनम्रको स्वर मेरो भन्दा मिठो पो सुन्छु । यो रफ गाएको पनि ।’ उनले आफ्नो शब्द संगीतमा एउटा गीत निकाल्ने योजनामा रहेको बताएका छन् भने डेब्यू गीत विनम्र आफैँको सृजना पनि हुन सक्ने सम्भावना औँल्याएका छन् ।
बाग्लुङ गल्कोटमा जन्मेका गायक विष्णु खत्री अडियो देखि डिजिटल बजारसम्म उत्तिकै सक्रिय छन् ।
सम्बन्धित
प्रतिक्रिया