उप-निर्वाचन : मनोनयन दर्ता आज
नेपालखोज
२०७९ चैत २० गते ६:११

काठमाडौं । प्रतिनिधिसभाको रिक्त स्थानमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका अनुसार आज उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरुमा मनोनय उम्मेदवारको मनोनय हुँदै छ ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया