कसैको झोला बोकिदिन
नेपालखोज
२०७९ चैत २० गते १०:१०

कसैको झोला बोकिदिन
कसैलाई ताली ठोकिदिन
कसैको भाषण सुनिदिन
कसैलाई बोक्नै नसक्ने माला उनिदिन
कसैको जुलुसमा आइदिन
कसैलाइ जिन्दाबाद लाइदिन
कसैलाइ नेता बनाइदिन
कसैको जन्मोत्सव मनादिन
कसैलाइ भर्याङ बनेर टावर चढाइदिन
कसैको समारोहमा शोभा बढाइदिन
कसैको मौनधारणमा उभिइदिन
कसैको चाकरी गरिदिन
कसैको कार्यक्रमको हल भरिदिन
कसैलाई विदेशमा लगेर उपचार गरिदिन
र
कसैलाइ मालिक बनाउनका लागि मरिदिन
जन्मिएका हैनौँ हामी !
सम्बन्धित
प्रतिक्रिया