सोमबार, वैशाख २२, २०८२

उप-निर्वाचन : तनहुँ क्षेत्र नम्बर १ मा नाैजनाको उम्मेद्वारी

नेपालखोज २०७९ चैत २० गते १८:३६

काठमाडाैं । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा नाैजनाको उम्मेदवारी परेको छ । सोमबारको उम्मेद्वारी मनोनयनकाे समयमा नाैजनाको उम्मेद्वारी परेको निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।

साे क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा र नेकपा (समाजवादी)बाट गणेश श्रेष्ठ उम्मेद्वार छन् ।   

गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । वैशाख १० गते उपनिर्वाचन हुँदै छ । 

प्रतिक्रिया