पेट्रोलको ३ र डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य १० रुपैयाँले घटाउने निगमकाे निर्णय
नेपालखोज
२०७९ चैत २० गते १९:५७

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
बोर्ड बैठकले डिजेल, मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।
बैठकको निर्णयसँगै अब डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम थियो ।
सम्बन्धित
प्रतिक्रिया