बुधबार, वैशाख १०, २०८२

९२ वर्षीय रुपर्ट मर्डोकले पाँचौं विवाह नगर्ने, इन्गेजमेन्ट तोडिएको दाबी

नेपालखोज २०७९ चैत २२ गते ११:४३

काठमाडाैं । मिडिया टाइकुन रुपर्ट मर्डोक र उनकी प्रेमिका एन लेस्ली स्मिथले आफ्नो इन्गेजमेन्ट रद्द गरेका छन् । केही साताअघि दुवैले आफ्नो सम्बन्धलाई अघि बढाउने घोषणा गरेका थिए । यसबिच भ्यानिटी फेयर म्यागजिनले ९२ वर्षीय मर्डोकको नजिकको स्रोतलाई उद्धृत गर्दै रुपर्ट आफ्नी प्रेमिका स्मिथको धार्मिक दृष्टिकोणबाट असहज भएको दाबि गरेको छ ।

गत वर्ष आफ्नी चौथी श्रीमतीबाट अलग भएका रुपर्ट मर्डोकले पछिल्लो घटनाक्रममा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। यद्यपि उनले गत महिना स्मिथसँग इन्गेजमेन्टको घोषणा गरेका थिए । उनिहरु बिच गत वर्ष क्यालिफोर्नियामा भएको एक कार्यक्रममा भेट भएको थियो । मार्चमा नै रुपर्ट मर्डोकले आफ्नो एउटा प्रकाशन न्युयोर्क पोस्टलाई भनेका थिए, “म प्रेममा पर्नदेखि डराएको थिएँ, तर मलाई थाहा छ यो मेरो अन्तिम प्रेम हो । जे भैरहेको छ राम्रो भैरहेको छ, म खुसी छु ।”

प्रतिक्रिया