रवि लामिछानेको उम्मेदवारी कायम

चितवन । चितवन क्षेत्र नं २ का उम्मेवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मंगलबार चार वटा उजुरी दर्ता भएको थियो ।
बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।
उमेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए । राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
युवराजको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेकोले उनको उमेदवारी खारेजीको माग गर्दै दाबी बिरोध र उजुरी परेको थियो ।
प्रतिक्रिया