बिहीबार, वैशाख ११, २०८२

अभिनयमा फर्किए पल

नेपालखोज २०७९ चैत २३ गते १६:५१

काठमाडौं । अभिनेता पल शाह एक वर्षपछि काममा फर्किएका छन् । विहिबार देखि मुस्ताङमा एक म्युजिक भिडियोको छायांकनबाट पलले काम सुरु गरेका हुन् ।

एक वर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् ।

‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् ।

छायांकनको हिसाबले यो पहिलो म्युजिक भिडियो भएपनि युट्युवमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सन पहिलो हुनेछ ।

प्रतिक्रिया