पहिचान पक्षधरको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय
नेपालखोज
२०७९ चैत २४ गते १०:५१

काठमाडौं । पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रदेश-१ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया