बुधबार, वैशाख १०, २०८२

प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा आम जनताले पनि सुझाव दिन पाउने

नेपालखोज २०७९ चैत २४ गते १७:३०

काठमाडाैं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूमा आमसर्वसाधारण जनताले पनि सुझाव दिन पाउने भएका छन् । 

सर्वसाधारणहरूले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वेवसाइटमा गएर दिन पाउने भएका हुन् । हाल प्रतिनिधिसभामा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक दर्ता अवस्थामा छ ।

यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिंङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ पनि दर्ता छन् । 

प्रतिक्रिया