सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको घोषणा
नेपालखोज
२०७९ चैत २५ गते ८:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् ।
बालेनले आज बिहान एक स्टाट्स लेख्दै भनेका छन्, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ उनले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।
काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताए । उनले भने, ‘मेयरसापको आधिकारिक पेजमा नै कुरा आएपछि त्यसै अनुसार बुझ्नुपर्छ ।’
सम्बन्धित
प्रतिक्रिया