पश्चिम नेपालको त्यो सेतो घर

काठमाडाैं । खलङ्गा डाँडागाउँको यो घर सात सालको क्रान्तिको पश्चिम नेपालको योद्धा लिला बहादुर मल्ल एवं बीपी कोईराला मन्त्री मण्डलमा वन सहायक मन्त्री रहनु भएका नेब बहादुर मल्लको सेतो घर हो ।
स्वर्गीय लिलाबहादुर मल्ल सात सालको क्रान्तिमा होमिनु भए पनि भाइ नेबबहादुर भने सात सालपछि नेपाली कांग्रेसमा सक्रिय भएर लाग्नु भएको थियो । २०१६ सालको आमनिर्वाचनमा सल्यान मध्यपश्चिमबाट नेपाली कांग्रेसको टिकट पाउनु भएपछि चुनावमा बिजयी समेत हुनुभयो । उहाँको कांग्रेस प्रतिको योगदानको कदर गर्दै बीपी कोइराला मन्त्रीपरिषदमा शिक्षा उपमन्त्री समेत बन्नुभयो ।
१७ सालको राजनीतिक परिवर्तन पछि भूमिगत रहनु भएका वहाँ २०३७ सालको जनमतमा बहुदलीय ब्यबस्थाको पक्षमा लाग्नुभयो । तर यसपछि राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिनुभयो तर पराजित हुनुभयो । खलंगामा रहेको त्रिभुवन जन माविलाई आर्थिक सहयोग तथा महेन्द्र संस्कृत विश्वविद्यालयलाई १२ बिघा जमिन दान गर्नुभएका नेबबहादुरको अवसान भने अज्ञात रह्यो ।
२०५२ सालमा भैरहवाबाट नेपालगन्ज आउँदै गरेको समाचार परिवारलाई पठाउनु भएका उहाँ न त कहिल्यै नेपालगन्ज पुग्नुभयो। न त परिवारसंग भेट्न नै आउनुभयो । अचानक हराउनु भएका उहाँको खोजी र प्रतिक्षा लामो समयसम्म परिवारले गरे। तर उहाँ भेटिनुभएन । अन्तत करिव २२ वर्षपछि २०७१ सालमा परिवारले कुशको शव बनाएर अन्तिम संस्कारका पितृकर्म पूरा गरे। यहाँ राखिएको सेतो घर त्यो बेला नेबबहादुर राजाको खलंगा दरवार भनेर चिनिन्थ्यो ।
प्रतिक्रिया