आइतबार, वैशाख ७, २०८२

साताका सात तस्बिर

नेपालखोज २०७९ चैत २५ गते १०:३७

काठमाडाैं । यो साता नेपालखाेजमा प्रधानमन्त्री दाहासँंग मिटरब्याज पीडितहरुकाे बालुवाटारमा भेट, साराङकोटमा थाईल्याण्डका बौद्ध भिक्षु, चैत धान रोपाइँ, भक्तपुर इँटाभट्टा वरपरको दृश्य, पर्यटकीय घलेगाउँ, साबुन बनाउँदै महिला र गैँडाकोटमा सडक अवरुद्ध भएकाे विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

हेराैँ साताका सात तस्बिरहरू :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंग शनिबार मिटरब्याज पीडितहरु बालुवाटारमा भेटवार्ता गर्दै ।
कास्कीको पर्यटकीय स्थल साराङकोटमा आईतबार विभिन्न हिमाल तथा सूर्योदय अवलोकन गर्न पुगेका थाईल्याण्डका बौद्ध भिक्षुहरु ।
कैलालीका भजन नगरपालिका–८ खैरामा चैत धान रोप्दै महिला । यस क्षेत्रमा बर्खामा डुबान हुने भएको हुँदा अधिकांश क्षेत्रमा चैत धान खेती गरिन्छ ।
भक्तपुर इँटाभट्टा वरपरको दृश्य
लमजुङ हिमालको काखमा अवस्थित समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथर गाउँपालिका वडा नं ३ स्थित घलेगाउँ घरवास ।
पाल्पा रामपुर नगरपालिका–२ स्थित सिम्लेका महिलाहरु नुहाउने साबुन बनाउँदै ।
नारायणी नदीमा नारायणगढ तर्फबाट एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम रोक्न माग गर्दै नवलपुरका स्थानीयले गैँडाकोटमा सडक अवरुद्ध गर्दा रोकिएका सवारीसाधन ।

प्रतिक्रिया