बुधबार, वैशाख १०, २०८२

कानून मिचेर बनाएका फुटपाथका संरचना हटाउन नेपाल प्रहरीलाई बालेनको निर्देशन

नेपालखोज २०७९ चैत २५ गते १४:००

काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन् । फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्ने भन्दै उनले यस्तो आग्रह गरेका हुन् । काठमाडौं महानगरका मेयर बालेन साहले अनाधिकृत संरचना भत्काउँनु महानगरको कर्तव्य भएको बताएका छन् । उनले केही समय अघि देखि मापदण्डविपरित बनाइएको अवैध संरचनाहरु भत्काउने अभियान नै चलाएका थिए ।

उनले सामाजिक सन्जाल फेसबुकमा नियम विपरित बनेका प्रहरीबिटहरूकाे तस्वीरहरू सेयर गर्दै लेखेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

उनले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताए । कानून सर्वसाधारण र अरूका लागि एउटै हुन्छ भन्ने तथ्य स्थापित गराउन सबै तयार हुनुपर्ने शाहको भनाई छ ।

हेराैँ बालेनले सेयर गरेका तस्विरहरू :

प्रतिक्रिया