बुधबार, वैशाख १०, २०८२

लगातार तेस्रो जित निकाल्ने सोचमा गुजरात

नेपालखोज २०७९ चैत २६ गते १४:०६

काठमाडाैं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औं खेलमा आज कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा अहमदाबादमा सुरुहुनेछ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको घरेलु टिम गुजरात लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिन चाहन्छ । यद्यपि कोलकाताको स्पिन आक्रामण सामु सहज हुनेछैन् । यता कोलकाता लगातार दोस्रो जित हात पार्ने दाउमा हुनेछ ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो भने कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलका कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो । गुजरात र कोलकाताबीच एक खेल भएको छ जसमा गुजरात बिजयी भएको थियो ।

प्रतिक्रिया