पुुन: २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
चैत २८ गते मंगलबार जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।
राष्ट्र बैंकका अनुसार बिक्री गरिने उक्त ट्रेजरी बिलहरुमा २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब ४६ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ रहेको छ ।
यी ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०८० बैशाख २६ गते, २०८०, असार २६ गते, २०८० असोज २३ गते र २०८० चैत २७ गते तोकिएको छ ।
यी ट्रेजरी बिलहरुमा एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल नयाँ भएपनि बाँकी पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि गत साता पनि राष्ट्र बैकले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया