बुधबार, वैशाख १०, २०८२

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ चैत २७ गते ६:१६

काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया