हत्केलाका रेखाले बताउँछन् विदेश यात्राको योग

हामी सबैको हत्केलामा धेरै प्रकारका रेखा, आकार तथा चिन्हहरु हुन्छन जसको हस्तरेखामा विशेष महत्व छ । हत्केलामा बनेका यी रेखाहरूले व्यक्तिको जीवनका भविष्यसँग सम्बन्धित जानकारी दिन्छन भन्ने मानिन्छ । हस्तरेखा शास्त्र अनुसार हत्केलामा भएका रेखाहरू शुभ र अशुभ दुवै हुन्छन् ।
हत्केलामा बनेका केही रेखाले व्यक्तिको जीवनको विदेश यात्रालाई पनि देखाउँछ । हस्तरेखाशास्त्र अनुसार यदि व्यक्तिको हत्केलामा जीवन रेखा र भाग्यरेखा पार गर्ने रेखा छ भने त्यस्ता व्यक्तिलाई विदेश यात्राको आनन्द प्राप्त हुन्छ । यसका साथै चन्द्रमाको पहाडको नजिक देखिने तेर्सो रेखाले पनि वैदेशिक यात्राको सम्भावना प्रस्तुत गर्छ । यो रेखा जति स्पष्ट र गहिरो हुन्छ, त्यति नै मानिसलाई यात्रा गर्न मन लाग्ने विश्वास गरिन्छ ।
यदि कसैको हत्केलामा यात्रा रेखा गहिरो र स्पष्ट छ भने त्यसको अर्थ उसले स्थायी रूपमा विदेशमा बस्न र त्यहाँ पैसा कमाउन सक्छ । यदि जीवन रेखाबाट निस्किएको रेखा भाग्य रेखा पार गरेर चन्द्रमाको पर्वतमा जान्छ भने त्यस्ता व्यक्तिले आफ्नो जीवनमा धेरै विदेश यात्रा पनि गर्छन् ।
ज्योतिषशास्त्र अनुसार हत्केलामा बनेको मणिबन्धलाई पार गर्ने रेखा मंगल ग्रहतर्फ गएको छ भने त्यस्ता व्यक्तिलाई समुद्रमार्गबाट विदेश यात्राको आनन्द प्राप्त हुन्छ । त्यसैगरी यदि हत्केलामा रहेको बुध पर्वतबाट निस्किएको रेखा औंठीमा पुगेको छ भने त्यस्ता व्यक्तिले जीवनमा धेरै पटक विदेश यात्रा गर्छन् ।
प्रतिक्रिया