दुर्गा प्रसाईको नयाँ खुलासा : शिक्षा मन्त्री बन्न ८ करोड बुझाएको आरोप
नेपालखोज
२०७९ चैत २७ गते ८:२८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नयाँ राजनीतिक खुलासा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाका कुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि आफूसँग दुइ करोड मागेको अडियो सार्वजनिक गरेकै दिन व्यवसायी प्रसाईले शिक्षा मन्त्री बन्न रास्वपा सांसद शिशिर खनालले ८ करोड बुझाएको मुख खोलेका छन् ।
एक राष्ट्रिय टेलिभिजनमा बोल्दै प्रसाईले शिक्षा मन्त्री बन्न रास्वपाको टीमलाई ८ करोड बुझाएको रहस्य खुलाएका छन् । उनले भनेका छन्, ‘एउटा नयाँ भाइ शिक्षा मन्त्री हुँदा ८ करोड बुझाएको, पछि सुनेको । राप्रपाको त कुरै आको छैन् ।’
अडियो टेप सार्वजनिक भएको ढाका कुमार श्रेष्ठ निलम्बित भएका छन् । रास्वपाले २४ घण्टे स्पष्टीकरण सोध्दै ७२ घण्टा भित्र अनुसन्धान गरेर प्रतिवेदन पेश गर्न अनुशासन विभागलाई जिम्मा दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया