बुधबार, वैशाख १०, २०८२

मिटर ब्याज पीडितसँग आज पनि वार्ता हुने

नेपालखोज २०७९ चैत २७ गते ८:५०

काठमाडौं । मिटर ब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुँदै छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो ।

मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रिपरिद्षको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

पहिलो दिनको वार्तामा सहमति हुन नसके पछि पुनः आज वार्तामा बस्ने उनले जानकारी दिए ।

प्रतिक्रिया