सोमबार, वैशाख ८, २०८२

पाँच अंकले नेप्से बढ्दा ९१ करोडको सेयर किनबेच

नेपालखोज २०७९ चैत २७ गते १५:२५

काठमाडौं । नेप्सेमा सामान्य अंकले करेक्सन आएको छ । अघिल्लो दिन २८ दशमलव ३१ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने पाँच दशमलव ५४ अंकले बढेर १९ सय ४४ दशमलव शुन्य दुई अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८८ अंकले बढेर तीन सय ४९ दशमलव ६६ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ३५ हजार पाँच सय ४९ पटकको कारोबारमा २९ लाख ६० हजार आठ सय ६३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा फाईनान्स समूहको सूचक एक दशमलव ६३ अंकले घटेर बाँकी समुहको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव १३ अंकले बढेर एक हजार एक सय ९१ दशमलव ९४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सूचक १८ दशमलव १५ अंकले बढेर तीन हजार तीन सय ६९ दशमलव ८२ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सूचक पनि पाँच दशमलव ९६ अंकले बढेर दुई हजार चार सय १३ दशमलव ९९ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि १६ दशमलव १६ अंकले बढेर नौं हजार दुई सय सात दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बिमा समूहको सुचक पनि ३१ दशमलव शून्य ६ अंकले बढेर आठ हजार तीन सय २२ दशमलव २६ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सानिमा मिडिल तमोर हाईड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय २४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५४ प्रतिशतले घटेर आठ सय रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता तीन सय ९२ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ८४ लाख १८ हजार छ सय ४३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया