बुधबार, वैशाख १०, २०८२

बिस्का जात्रा सुरु

नेपालखोज २०७९ चैत २७ गते २२:२३

काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा सोमबार सुरु भएको छ । तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु भएको छ ।

‘बिस्काः’ पनि भनिने बिस्केट जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछन् । यही क्रममा चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिंगो ठड्याउने, वैशाख १ गते दिनभर लिंगो जात्रा गरी साँझ सो लिंगो ढाल्ने गरिन्छ ।

प्रतिक्रिया