धन-सम्पत्तिका बारेमा आचार्य चाणक्य

काठमाडौं । पैसा बिना जीवन जिउन असम्भव छ। पैसाले राम्रो वा नराम्रो सम्बन्धको पहिचान गर्छ। आचार्य चाणक्यले भनेका छन् कि जसले पैसाको मूल्य बुझ्छ त्यो धनी र सम्पन्न रहन्छ तर जसले पैसाको मूल्य बुझ्दैन ऊ भुइँमा लड्छ।
धन उसैलाई फल्छ जसले यसलाई संयमका साथ सुरक्षित राख्छ। आचार्य चाणक्यले धनको प्रयोग गर्ने तरिका बताएका थिए, जसको पालना गर्नेहरू संकटको समयमा पनि सुखी रहन्छन् र उनिहरुले अरूका अगाडि हात फैलाउनु पर्दैन । चाणक्यका अनुसार पैसा कमाउन जति आवश्यक छ, त्यति नै खर्च गर्नु पनि उत्तिकै जरुरी छ । चाणक्य नीतिमा पैसाको मामिलामा मानिसले कहिले र कहाँ सावधानी अपनाउनुपर्छ भन्ने कुरा बताईएको छ ।
* चाणक्य भन्छन् – पैसा नैतिक माध्यमबाट कमाउनुपर्छ। चाणक्यले नैतिक माध्यमबाट पैसा कमाउनु पर्ने कुरामा जोड दिएका थिए, धोखाधडी, छल वा शोषणबाट होइन। * चाणक्यले पैसालाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ भनेका छन । अनावश्यक खर्च गर्नु हुँदैन। उनले मानिसहरूलाई आपतकालिन समयका लागि पैसा बचत गर्न र लाभदायक उद्यमहरूमा लगानी गर्न सल्लाह दिएका छन ।
* चाणक्य भन्छन् – पैसालाई सुरक्षित राख्नुपर्छ , यसलाई अरूको जिम्मा दिनु हुँदैन। किनभने यसको दुरुपयोग वा हानि हुन सक्छ। उनले मानिसहरूलाई आफ्नो पैसा सुरक्षित स्थानमा राख्न र आफ्ना आर्थिक मामिलाहरू अरूलाई खुलासा नगर्न सल्लाह दिएका छन ।
* चाणक्य खाँचोमा परेकाहरूलाई दानमा पैसा दिने कुराको महत्त्वमा विश्वास गर्थे। आफ्नो धनको एक अंश दिए आशिष् र अरु असल कामहरू पाईन्छ भन्ने उनको विश्वास थियो ।
* आचार्य चाणक्य भन्छन् – शिक्षामा लगानी गर्नु पैसाको सदुपयोग गर्ने उत्तम तरिका हो । शिक्षा भनेको आफ्नो ज्ञान, सीप र अवसरमा सुधार गरी सफलतातर्फ डोर्याउने माध्यम हो ।
प्रतिक्रिया