बिहीबार, वैशाख ११, २०८२

मन्त्रले रोगलाई भगाउँछ !

नेपालखोज २०७९ चैत २८ गते ६:३२

गएको अप्रिल ७ मा हामिले् विश्व स्वास्थ्य दिवस मनायौं । यो दिवस मनाउनुको उद्देश्य नयाँ प्रकारका औषधि, नयाँ खोप आदि जस्ता स्वास्थ्यसम्बन्धी जानकारीका बारेमा जनतामा चेतना अभिवृद्धि गर्नु हो । त्यसै पनि यो वर्षको स्वास्थ्य दिवसको नारा ‘सबैका लागि स्वास्थ्य’ थियो । सनातन हिन्दू धर्ममा स्वास्थ्यसँग सम्बन्धित थुप्रै समस्या समाधानका लागि सुस्वास्थ्य, स्वस्थ जीवन, रोगबाट मुक्ति, अनिद्राबाट छुटकारा आदिका अनेकन उपायहरू बताइएका छन् । यदि तपाईं लामो समयदेखि बिरामी हुनुहुन्छ वा सधैं अस्वस्थ महसुस गर्नुहुन्छ भने , आफ्नो उपचार र औषधिसँगै यी उपायहरू अपनाउन सक्नुहुन्छ ।

यो चमत्कारी उपाय हो – ‘मन्त्र’। हो, हाम्रो धर्मशास्त्रमा केही यस्ता मन्त्रहरू बताइएका छन् जसको जपले रोग निको हुन्छ भन्ने बिश्वास गरिन्छ । आज चिकित्सा शास्त्रले धेरै विकास गरेको छ र यसको मद्दतले गम्भीर रोगहरू पनि ठिक पार्न सकिन्छ । तसर्थ आफ्नो स्वास्थ्यका लागि मानिसहरु चिकित्सकको भर पर्छन् । चिकित्सकिय उपचारका साथसाथै मन्त्रको लाभलाई पनि हाम्रो शास्त्रमा प्रभावकारी मानिएको छ । वास्तवमा, पहिलेका ऋषिमुनिहरु मन्त्र जप अनि आहार – बिहार बाटै स्वस्थ रहन्थे । आज पनि मन्त्र जपमा उस्तै शक्ति छ ।

धार्मिक ग्रन्थहरूमा उल्लेखित यी मन्त्रहरूको नियमित जप गर्नाले रोगबाट मुक्ति मात्र मिल्दैन, व्यक्ति स्वस्थ र दीर्घायु पनि हुन्छ। यसका साथसाथै मन्त्रमा यस्तो ब्रह्माण्डीय शक्ति हुन्छ, जसको कारणले नकारात्मकता हट्छ र मृत्युबाट पनि जोगिन सकिन्छ । यद्यपि ध्यानमा राख्नुहोस् यदि तपाइँ कुनै रोगको उपचार गराइ रहनुभएको छ भने समयमै औषधि खानुहोस् अनि नियमित चेक -जाँच पनि गराइरहनु होस। स्वास्थ्य लाभका लागि मन्त्र : स्वास्थ्य लाभका लागि दुर्गा सप्तशतीको यो मन्त्र नियमित रूपमा १०८ पटक जप गर्नुपर्छ र माता दुर्गाको आशिर्वाद लिनुपर्छ । देहि सौभाग्यमारोग्यं, देहि मे परमं सुखं।  रूपं देहि, जयं देहि, यशो देहि, द्विषो जहि ।

आरोग्यताका लागि मन्त्र : स्वस्थ जीवन वा स्वास्थ्यका लागि कम्तिमा रुद्राक्षको माला हातमा लिएर भगवान शिवको यो मन्त्र जप गर्नुहोस् । क्क जूं सः माम्पालय पालय सः जूं क्क । हृदय रोगका लागि मन्त्र : ऋग्वेदमा दिइएको यो मन्त्रको जप गर्नाले हृदय रोगको समस्याबाट मुक्ति मिल्छ भनिन्छ । औषधिका साथसाथै यो मन्त्रको नियमित जप गर्नाले फाइदा हुन्छ । यो मन्त्रको जप सूर्यको सामुन्‍ने बसेर गर्नुपर्छ ।

क्क घन्नघ मित्रामहः आरोहन्नुत्तरां दिवम्।  हृद्रोग मम् सूर्य हरि मांण् च नाश्यं’ ।  गम्भीर रोगबाट छुटकारा पाउने मन्त्र : यदि कुनै व्यक्ति गम्भीर रोगबाट ग्रसित छ भने उसले गायत्री मन्त्र जप गर्नुपर्छ । यसले हामीलाई मानसिक शान्ति पनि दिन्छ । ऊं भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो न: प्रचोदयात् ।

प्रतिक्रिया