बिहीबार, वैशाख ११, २०८२

कस्तो जीवनशैली अपनाउँछन् अल्लू अर्जुन ?

नेपालखोज २०७९ चैत २८ गते ११:२१

मुम्बई । फिल्म ‘पुष्पा’ बाट भारतमा मात्र होइन, विश्वभरी नै ख्याती कमाउन सफल दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुन व्यक्तिगत रुपमा पनि निकै भव्य जीवनशैली अपनाउँछन् ।

अर्जुनको भेनिटी भ्यान पनि निकै आलिशान मानिन्छ । उनको भेनिटीको नाम फाल्कन हो, जसको मूल्य ११ करोड रुपैयाँ छ । अर्जुन बसोबास गर्ने भवनको मूल्य नै एक सय ६० करोड रुपैयाँ रहेको छ । उक्त भवन दुई एकड जग्गामा फैलिएको छ, जसमा जिम, लन, स्विमिङ पूल र थिएटर आदिको सुविधा पनि रहेको छ ।

उनी आफ्ना परिवारसहित अति नै भव्य जीवन बाँचिरहेका छन् । अल्लू अर्जुनको कार कलेक्शन पनि उत्तिकै शानदार रहेको छ । उनको कार कलेक्शनमा रेन्ज रोभरदेखि औडी तथा बीएमडब्ल्यू एक्स ६ कूपसम्म समावेश छन् ।

अर्जुनले हरेक फिल्मका लागि एक करोड रुपैयाँ भन्दा बढी पारिश्रमिक लिन्छन् । यतिबेला उनी भारतकै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेतामा पर्छन् । यसकारण पनि उनलाई पैसाको कुनै दुःख छैन । उनी अहिले आफूले चाहेभन्दा उत्कृष्ट जीवन बाच्न सफल छन् । त्यसैले पनि उनको जीवनशैलीको चर्चा प्रायः चर्चा भैरहेको हुन्छ ।

प्रतिक्रिया