नबोल्ने रहेछ !
फस बहादुर न्यौपाने
२०७९ चैत २८ गते ११:२७

संघियता यो देशलाई घाडो भयो !
यो सासन सत्ता देशलाई काँडो भयो !
गणातन्त्र हैन रहेछ लुहतन्त्र रहेछ !
कम्युनिष्ट हैन रहेछ कमाउनिष्ट रहेछ !
सांसद र मन्त्रीहरुलाई सुविधा चाँहिने !
भ्रस्टाचार गरी कमाँउने सुबिधामा रमाउने !
जनता माथिनै कुसाशन चलाउने रहेछन् !
जनताले तिरेको करबाट मोटाउने रहेछन !
देश खाएर सेष पार्ने मुसाहरु जस्तो !
सियो भएर पस्ने फाली भएर निस्कने कस्तो !
अचार देखी तिउन सम्म हाकीम देखी पियुन सम्म !
यो अहिलेका सरकार जनतालाई न्याय दिनेहैन रहेछ !
गरीब सर्वसाधारण जनताले पाप्त गर्दै आयको
सामाजिक सुरक्षाको भत्ता कहौती गर्ने नीति
संसदबाट पारित गराउने विषय उठेको रहेछ !
हेस र जनताका खातिर यो सरकार नबोल्ने रहेछ !

सम्बन्धित
प्रतिक्रिया