प्रभु क्यापिटलले बोलायो मर्जरको प्रस्तावसहित विशेष साधारण सभा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मर्जरमा जाने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा बिहान ९ बजेबाट हुने गरि आगामी वैशाख ९ गते शनिबार सभा बोलाएको हो ।
सभामा संचालक समितिले प्रभुले सेञ्चुरी क्यापिटल लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गर्नेछ । सेञ्चुरीलाई प्राप्ति गर्ने प्रयोजनका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ स्वाप स्वामित्व स्वीकृत गर्ने पनि प्रस्ताव सभाले पारित गर्नेछ ।
साथै सभामा आइपीओ निष्कासन गर्ने विषयमा पनि छलफल गरिने प्रभु क्यापिटलका व्यापार प्रमुख वासु थपलियाले जानकारी दिए । हाल प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब र सेञ्चुरी क्यापिटलको चुक्ता पुँजी २० करोड छ । बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीहरु मर्जरमा गएपछि मर्चेन्ट बैंकहरु पनि मर्जरमा जाने भएका हुन् ।
ग्लोबल आईएमई क्यापिटल र बीओके क्यापिटल पनि मर्जरका क्रममा छन् ।
प्रतिक्रिया