हिड्न पनि कहाँ सजिलो छ र !
सुनील उलक
२०७९ चैत ३० गते ७:३३

हिड्न पनि कहाँ सजिलो छ र !!
कथा बुढा बाको होस वा दन्त्यकथाको
किंवदन्ती भित्रका देवताका कथा होस
वा सत्य तथ्य इतिहासकै कुरा
लेख्न पनि कहाँ सजिलो छ र !!
आफ्नासंग होस वा परायासंग होस
मित्रसंग होस वा दुश्मनसंग होस
प्रेयसीसंग होस वा पत्नीसंग
बोल्न पनि कहाँ सजिलो छ र !!!
यात्रा जीवनको होस वा सफर सडकको
यात्रा कथा लेखनको होस वा कथ्य भोगाइको
यात्रा प्रेम सम्बन्धको होस वा बिबाहित जोडीको
गन्तब्य सम्म पुग्न पनि कहाँ सजिलो छ र
अप्ठ्यारो बाटो होस वा जंगल होस
खोला किनारको ढुङ्गे बाटो होस
वा उकालो ओरालो गोरेटो बाटो
हिड्न पनि कहाँ सजिलो छ र !
सम्बन्धित
प्रतिक्रिया