बुधबार, वैशाख १०, २०८२

बैशाखदेखि बैंकको घटेको ब्याजदर लागू हुने

नेपालखोज २०७९ चैत ३० गते १०:४०

काठमाडौं । वैशाख १ देखि नै वाणिज्य बैंकहरुको घटेको ब्याजदर लागू हुने भएको छ । निक्षेपको ब्याजदर कटौती गर्ने बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले निर्णय गरेको थियो ।

संघको निर्णय अनुसार मुद्दती मात्र नभएर बचत, संस्थागत र कल निक्षेपको ब्याजदर पनि घटेको छ । निर्णयअनुसार बिहीबार वाणिज्य बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गर्दै भोलि (२०८०) नयाँ वर्षदेखि नै लागू हुने जनाएका हुन्।

जसअनुसार फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिएको छ।

प्रतिक्रिया