सातामा ६ अर्ब ६४ करोडको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से १९ सय ३४ दशमलव ४७ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव शून्य ९८ अंकमा कायम भएको छ ।
सातामा दुई सय ७० वटा कम्पनीहरुको एक लाख ९२ हजार १८ पटकको कारोबारमा दुई करोड ११ लाख ४१ हजार चार सय २३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ६४ करोड ६० लाख ४९ हजार ३८ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने नेप्सेमा दुई सय ६९ वटा कम्पनीहरुको एक लाख २० हजार दुई सय २७ पटकको कारोबारमा एक करोड ५० लाख ६२ हजार एक सय ४८ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता चार अर्ब ७८ करोड १६ लाख ४५ हजार ९४ रुपैयाँको सेयर किनबेच भएको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र पाँचौ दिन नेप्से घटेपनि दोस्रो, तेस्रो र चौंथो दिन भने उच्च अंकले बढेको थियो ।
जसमध्ये पहिलो दिन २८ दशमलव ३१ अंकले घटेर १८ सय ३८ दशमलव ४८ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन २९ दशमलव आठ अंकले घटेर १९ सय ३४ दशमलव ४७ अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने नेप्से लगातार बढेको थियो । यसैगरी पहिलो दिन चार दशमलव २४ अंकले घटेर तीन सय ४८ दशमलव ७९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि पाँच दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव ९८ अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका बाँकी दिनमा सेन्सिटिभ इन्डेक्स पनि लगातार बढेको थियो ।
यो साता शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया