‘सक्किगो नि’को तेस्रो सिजन कहिले देखि ?
नेपालखोज
२०८० वैशाख १ गते २१:२५

काठमाडौं । टिभी श्रृंखला ‘सक्किगो नि’को तेस्रो सिजनको प्रसारण आगामी जेठ ४ गतेदेखि सुरु हुने भएको छ ।
लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको जानकारी दिए ।
तेस्रो सिजनमा कलाकार हेरफेर हुने भएको छ । विषयवस्तु, प्रोडक्सन र भेषभूषालाई अझै गुणस्तरीय देखाउन प्रयास हुने पाँडेले जानकारी दिए । सिजनमा ३ मा कुल १०४ एपिसोड प्रसारण हुने भएका छन् ।
यो सोसल कमेडी टिभी सिरिजको छायांकन चाँडै सुरु हुनेछ । पाँडेले कुमार कट्टेल ‘जिग्री ब्रो’सँग मिलेर सिरिज निर्देशन गर्ने भएका छन् । यो सिरियल हिमालय टिभी एचडीबाट प्रसारण हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया