मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक जिब्रो छेडाएका बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठ ।राष्ट्रपति कार्यालय महाराजगञ्मा शुक्रबार आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गर्नुहुँदै ।सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाको टोलीले हिमालमा संकलन गरेको फोहर । अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ नेपाली सेनाको टोली सफाई कार्यको लागि खटिएको छ ।भेरी नगरपालिका–१ रिम्नास्थित सामुदायिक वनमा लागेको डढेलो । बुधबार बिहानैदेखि लागेको डढेलोले वनमा ठुलो क्षती पुगेको छ ।धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरीधाममा मङ्गलबार पुतला नाँच (रनपुतला) प्रस्तुत गर्दै अछामी महिला ।राष्ट्रिय युवासङ्घ नेपालको सोमबार नेपालगन्जमा सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नौ केजीको माला लगाइँदै२०४६ को जनआन्दोलन सम्झाउने फोटो ।
प्रतिक्रिया