बिहीबार, वैशाख ११, २०८२

शो कटौती गरिएको भन्दै हलबाट उतारियो ‘बुलाकी’

नेपालखोज २०८० वैशाख ३ गते ९:२०

काठमाडौं । नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’लाई निर्माता विराज विष्टले हलबाट उतार्ने घोषणा गरेका छन् ।

प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शो कटौती गरिएको, कुबेला (अफटाइम) शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा एउटै शो नदिएको आदि कारण देखाउँदै निर्माता विष्टले फिल्म उतार्ने घोषणा गरेका हुन् ।

विराजले शनिबार साँझ फेसबुकमा दर्शकसँग क्षमा माग्दै लेखेका छन्, ‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौं ।’

अब दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक–चौतारा फिल्म देखाउने विष्ट बताउँछन् । काठमाडौंले अवहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै फिल्म बनाउँदा फिल्म क्षेत्रले समेत त्यही व्यवहार दोहो¥याएको उनको गुनासो छ ।

प्रतिक्रिया