बिहीबार, वैशाख ११, २०८२

आज चार्ली च्याप्लिनको जन्मदिन

नेपालखोज २०८० वैशाख ३ गते १२:३३

काठमाडाैं । सन् १८८९ को आजकै दिन प्रसिद्ध हास्यकलाकार तथा अभिनेताचार्ली च्याप्लिनको जन्म भएको थियो । उनका बाबुआमा कन्सर्टमा गित गाउँथे । उनिहरुलाई देखेर चार्ली पनि स्टेजतर्फ आकर्षित हुन थाले । एक पटक उनकी आमा स्टेजमा गीत गाउँदै थिइन् । त्यसपछि अचानक उनको स्वास्थ्य बिग्रियो र उनले थप गीत गाउन सकिनन् जसका कारण त्यहाँ उपस्थित दर्शकहरु निकै रिसाए र हल्ला गर्न थाले । त्यसपछि एउटा सानो बालक स्टेजमा आयो र त्यही गीत गाउन थाल्यो । यसले त्यहाँ उपस्थित दर्शकहरूलाई निकै खुसी बनाएको थियो।

चार्ली च्याप्लिनको पहिलो फिल्म २ फेब्रुअरी १९१४ मा रिलिज भएको थियो। फिल्मको नाम थियो ‘मेकिंग अ लिभिङ’। यसमा चार्ली च्याप्लिनले ठगको भूमिका निर्वाह गरेका थिए । यो फिल्मका लेखक तथा निर्देशक हेनरी लेहरमन थिए । १५ मिनेटको यो फिल्मको विधा कमेडी थियो । यो पूर्णतया मौन चलचित्र थियो, यसको अर्थ त्यसमा कुनै आवाज थिएन, केवल कार्य र अभिव्यक्ति मात्र थियो । उक्त फिल्ममा चार्लीले आफ्नो अभिनयका कारण मानिसहरूलाई खुब हँसाए ।

प्रतिक्रिया