राष्ट्र बैंकद्वारा पुुनः २४ अर्ब ७० करोड रुपैयाँँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने बैशाख पाँच गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब ७० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० जेठ २ गते, २०८० साउन दुई गते, २०८० असोज ३० गते र २०८१ बैशाख चार गते तोकिएका छन् । यि ट्रेजरीहरु बिलहरुमा ९१ दिने अवधिको दुई अर्ब ५० करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको नयाँ रहेको छ भने बाँकी पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।
यसअघि यही चैत २७ गते पनि राष्ट्र बैकले २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया