बिहीबार, वैशाख ११, २०८२

सुज्योति डंगोललाई जितिन् मिस लिटिल नेवाःको उपाधि

नेपालखोज २०८० वैशाख ४ गते १४:५३

काठमाडौं । मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले जितेकी छिन् ।

राष्ट्रिय नाचघरमा सम्पन्न ग्राण्ड फिनालेमा विभूति विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत डंगोलले उपाधि जितिन् । जितसँगै उनले २५ हजार नगद र मिस ट्यालेन्टेडको सेकेण्ड रनरअपको उपाधि पनि जितिन् ।

पुष्पसदन बोर्डिङ हाईस्कुलमा कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट रनरअप तथा खोप्रिङ इङ्लिस एकेडेमीको कक्षा ७ की गृष्मा राजचल सेकेन्ड रनरअपका साथमा मिस फोटोजेनिक विजेता भइन् ।

फस्ट र सेकेन्ड रनरअपले पुरस्कारबापत क्रमशः १५ र १० हजार रुपैयाँ नगद प्राप्त गरे । नेप्लिज फेसन होमले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लिन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा घोषित भए ।

प्रतिक्रिया