बिहीबार, वैशाख ११, २०८२

मंगलबार अपनाउनुहोस् यी १० उपाय

नेपालखोज २०८० वैशाख ५ गते ६:१४

हनुमानलाई भगवान् रामको प्रखर भक्त तथा भगवान् शिवका सबै अवतारमध्ये सबैभन्दा बलियो र बुद्धिमान् अवतार मानिन्छ । यो धर्तीमा अमरत्वको वरदान पाएका सात ऋषिहरूमध्ये हनुमान जी पनि एक हुन् । कलियुगमा जसले हनुमानजीको भक्तिपुर्वक पूजा गर्छ बजरंगबलीले उसको सारा दुस्खहरू हर्छन् भन्ने मान्यता छ । खासगरी मंगलबार र शनिबार हनुमानजीको पूजा गरिन्छ । कतिपय भक्तले मंगलबार हनुमानजीको पूजा गर्छन् । मंगलबारको दिन केही उपाय अपनाए हनुमानको विशेष कृपा तथा आशीर्वाद प्राप्त हुन्छ । हिन्दू शास्त्रमा भनिएको छ (यदि कुनै व्यक्तिले अन्तर ह्रदयले केही उपाय गर्ने हो भने उसलाई सबै दुःखबाट मुक्ति मिल्छ र सबै समस्याहरू हट्छन् ।

१ मंगलबार स्नान आदि गरेपछि आफ्नो पूजास्थलमा जानुहोस् ।

२ पश्चिम दिशामा रातो कपडा बिच्छाएर चाँदी वा तामाबाट बनेको हनुमान यन्त्र स्थापित गर्नुहोस्।

३ स्थापित यन्त्रको अगाडि घ्यूको दियो बाल्नुहोस्।

४ रातो आसनमा बसेर ुॐ हं हनुमते रुद्रात्मकाय हुं फटु ५ हजार पटक जप गर्नुहोस्।

५ मन्त्र जप गर्दा हवनकुण्डमा गाईको घ्यूको आहुति दिनुहोस् ।

६ हवन समाप्त भएपछि हवन कुण्डको २१ पटक परिक्रमा गर्नुहोस् । त्यस पछि हनुमान यन्त्रलाई आफ्नो पूजा स्थलमा वा आफ्नो खल्तीमा राख्नुहोस् ।

७ अन्तमा आफ्नो निधार तथा गर्दनमा हवनको खरानी लगाउनुहोस् । य‍ो अनुष्ठान पछि हनुमान यन्त्रको सिद्धि पूर्ण हुन्छ।

८ भक्तजनले मंगलबार कम्तीमा १०८ पटक ओम हनुमन्ते नमः मन्त्र जप गर्नुपर्छ।

९ जागिर प्राप्त गर्न बजरंगबलीलाइ मीठो सुपारी चढाउनुहोस् । यसैगरी धन आर्जन गर्न मंगलबार रातो पहिरन लगाउनुपर्छ ।

सधैं आफ्नो साथमा हनुमान यन्त्र राख्नुपर्छ । किनभने यसले जीवनमा आउने सबै समस्याबाट मुक्ति मात्र दिदैन त्यसका साथै धन सम्पत्तिको आशीर्वाद पनि प्राप्त हुनेछ। मंगलबार यो विशेष उपाय गरेपछि जीवनभर कुनै पनि प्रकारको समस्याको सामना गर्नु पर्दैन ।

यसबाहेक मंगलबार बिहान कुनै पनि हनुमान मन्दिर पुगेर हनुमान जीलाई चोला (रातो कपडा वा सिन्दुरे कपडा) चढाउनुहोस् । फूलको माला अर्पण गर्नुहोस् । हनुमान जीको अगाडि देसी घिउको दियो अर्पण गर्नुहोस् । हनुमान चालिसाको पाठ गर्नुहोस्। हनुमान चालिसा ७, ११, १०० वा १०८ पटक पढ्नु पर्छ । ११ वटा मंगलबार यो उपाय अपनाए ठुलो संकट टर्नेछ भने अकाल मृत्यु पनि हुनेछैन ।

प्रतिक्रिया