बिहीबार, वैशाख ११, २०८२

मानदेवकालीन कान्तिभैरव जात्रा मध्यरातमा सुरु

नेपालखोज २०८० वैशाख ७ गते १६:०८

काठमाडौं । लिच्छविकालका राजा मानदेवको पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा बुधबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ ।

वैशाख कृष्ण चतुर्दशीका दिन बुधबार स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवका जात्रा हुन्छ ।

वैशाखकृष्ण आमावास्याका दिन आज गोकर्णेश्वर नगर क्षेत्रका डबलीमा आमाछोरी र सासुबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दुर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दुर जात्रा पनि भन्ने गरिएको छ ।

यस दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने भएकाले कान्तिभैरव जात्रालाई आमाप्रतिको सम्मानकारुपमा लिने गरिएको स्थानीयवासी राधाकृष्ण श्रेष्ठ बताउछन् ।

प्रतिक्रिया