पुन: २० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैकले पुन २० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गरेको छ । निष्काशन मिती यही बैशाख आठ गते शुक्रबार तोकेर चार वर्षे अवधिको बिकास ऋणपत्र २०८४ ‘ट’ जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहीबार गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने व्यवस्था रहेको थियो । निष्काशन मिती २०७९ बैशाख आठ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ बैशाख आठ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने र खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकरसमेत लाग्ने व्यवस्था रहेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र तीन अर्ब रुपैयाँ छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सीमा तोकिएको छ ।

प्रतिक्रिया