बुधबार, वैशाख १०, २०८२

१२ प्रतिशतले बढ्यो बैंकहरुको नाफा, नबिल बन्याे बढी नाफा कमाउने बैंक

नेपालखोज २०८० वैशाख ७ गते १८:०६

काठमाडौं । वाणिज्य बैंकहरुको खुद मुनाफा बढेको छ । बैंकहरुको सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार आधा दर्जन बैंकहरुको खुद मुनाफा घटेपनि बाँकी रहेका बैंकहरुको खुद मुनाफा भने बढेको छ ।

चालु आवको तेस्रो त्रैमासमा २१ वटा वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको भन्दा ११ दशमलव ६७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेसो त्रैमासमा सबैभन्दा बढी नाफा नबिलले कमाएको छ ।

केहीसयम अघि मात्र नेपाल बंगलादेश बैंकलाई मर्ज गराएको नविलले चालु आवको चैत्र मसान्तसम्ममा पाँच अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ग्लोवल आईएमई बैकले भने चार अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यि बाहेक एनआईसी एशिया, राष्ट्रिय बाँणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबी बैकले भने पछिल्लो अवधिमा क्रमशः चार अर्ब एक करोड ४९ लाख, तीन अर्ब ५७ करोड, तीन अर्ब चार करोड र दुई अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

स्टान्र्डड चार्टड, प्राईम र एभरेष्ट बैंकले पनि चालु आवको पछिल्लो अवधिमा दुई अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएका छन् । चालु आवको पछिल्लो अवधिमा प्रभु, कुमारी, नेपाल एसबिआई सहितका एक दर्जन भन्दा बढी बैंकहरुको खुद मुनाफा भने एक अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

प्रतिक्रिया