शुक्रबार अपनउनुहोस यी उपाय

साताको हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ । त्यस्तै शुक्रबार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने चलन छ । यस दिन माता लक्ष्मीको पूजा गर्नाले घरमा सुख(समृद्धि आउने विश्वास गरिन्छ । यदि परिवारमा समृद्धि आवोस , धन वृद्धि होस् भन्ने चाहने हो भने शुक्रबारको दिन यी उपाय अपनाउन सकिन्छ । यी उपायको मद्दतले हामि आफ्नो जीवन सुखी बनाउन सक्छौं ।
– यदि आफ्नो वैवाहिक जीवनमा विश्वास स्थापित गर्न चाहने हो भने शुक्रबार मन्दिरमा सख्खर ९गुड० बाट बनेको वस्तु दान गर्नुहोस् । यदि सख्खरबाट बनेको कुनै चीज दान गर्न सकिदैन भने सख्खर मात्र दान गरे पनि हुन्छ ।
– आफ्नो सुस्वास्थ्यका साथै दीर्घायुका लागि शुक्रबारको दिन सूर्यदेवको यो मन्त्रको १०८ पटक जप गर्नुपर्छ । सूर्य भगवानको मन्त्र यस प्रकार छ( ओम घ्रिण्यः सूर्याय नमः।
– कुनै व्यक्तिका कारण आफ्नो प्रगतिमा बाधा आइरहेको छ भने आज एक गिलास पानीमा रातो फूल राखेर सूर्यदेवलाई अर्पण गर्नुहोस् ।
– राजनीतिमा आउन चाहनु हुन्छ तर घरबाट सहयोग पाउन सकिरहनु भएको छैन भने आज कमिलालाई चिनी मिसाइएको पीठो दिनुपर्छ । यसका लागि राता कमिला भए अझ राम्रो हुन्छ ।
– यदि बुवासँगको सम्बन्ध राम्रो चलिरहेको छैन भने आज सूर्यदेवको यो मन्त्र ५१ पटक जप गर्नुहोस् । मन्त्र यस प्रकार छ ( ओम ह्रीं ह्रीं ह्रौं सस् सूर्याय नमः।
– शुक्रबार नयाँ लुगा किन्ने र लगाउने लागि उत्तम दिन हो । यदि कुनै उत्सवमा आफ्नो लुगाको सबैले प्रशंसा गरुन भन्ने चाहनुहुन्छ भने आज पहेंलो, रातो वा सेतो रंगको नयाँ लुगा लगाउनुहोस्।
– यदि आयको प्रवाह अचानक रोकिएको छ भने घरमा गंगा जल ल्याएर राख्नु पर्छ। यदि घरमा पहिले देखि नै गंगाजल छ भने एउटा भाँडोमा अलिकति पानी लिएर त्यसमा अलिकति गंगाजल हाल्नुहोस् र सूर्यदेवलाई अर्पण गर्नुहोस् । त्यसबाट अलिकति पानी बचाएर घरभरि छर्कनुहोस्।
– जीवनको भीडभाडबाट व्याकुल हुनुहुन्छ भने आज विश्वदेव अर्थात् इन्द्र, अग्नि, सोम, त्वष्ट्र, रुद्र, पोखना, विष्णु, अश्विनी, मित्रवरुण तथा अंगिरसलाई प्रणाम गरेर चरालाई चारा ख्वाउनु पर्छ ।यहाँ एउटा कुरा ख्याल गर्नुपर्छ चारा चरालाई ख्वाउने हो, परेवालाई होइन ।
– यदि आफ्नो करियरमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आज उत्तराषाद नक्षत्रको समयमा कागतिको बोट अगाडि गएर झुक्नुहोस् र आफ्नो सफलताका लागि प्रार्थना गर्नुहोस्। यसका साथै आज मन्दिरमा कागतीको फल पनि दान गर्न सकिन्छ ।
– यदि नयाँ पाठ्यक्रममा भर्ना हुन चाहनुहुन्छ भने आजको दिन शुभ छ।
– यदि आफ्नो कुनै नयाँ परियोजनामा काम गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन यसका लागि धेरै शुभ दिन हो। आफ्नो योजनाको सफलता सुनिश्चित गर्न बिहान एक हात लामो काँचो धागो लिएर सूर्यदेवको अगाडि टाउमोले टेकेर नमस्कार गरी सूर्यदेवलाई जल अर्पण गर्नुहोस् । त्यसपछि त्यहिँ उभिएर काँचो कपासको धागोमा सात वटा गाँठो बाँधेर आफ्नो परियोजनाको सफलताका लागि प्रार्थना गर्नुहोस् । अब त्यो काँचो धागो खल्तीमा राख्नुहोस् र भोलिपल्ट त्यो धागोलाई बगेको पानीमा बगाइदिनुहोस्।
प्रतिक्रिया