बुधबार, वैशाख १०, २०८२

कुन बैंकमा कति प्रतिशत कर्जा खराब छ, हेर्नुहोस् यस्तो छ अवस्था (सुचीसहित)

नेपालखोज २०८० वैशाख ८ गते १४:०६

काठमाडौं । बाणिज्य बैंकहरुमा खराव अर्थात निष्क्रिय कर्जाको अनुपात बढेको छ । समग्र अर्थतन्त्रमा देखिएको आर्थिक संकुचन कै कारण बैंकिङ क्षेत्रमा खराव कर्जा बढेको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २१ वटा बाणिज्य बैंकहरुमा औषतमा तीन दशमलव शुन्य तीन प्रतिशत कर्जा खराव देखिएको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात एक दशमलव २२ प्रतिशत रहेको छ ।

चालु आवको तेस्रो त्रैमासमा सबै भन्दा बढी खराव कर्जा भर्खरै मात्र सिभिल बैंकलाई आफुमा गाभेको हिमालयन बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा एनआईसी एशिया बैंकमा देखिएको छ । हिमालयनमा चार दशमलव ५६ प्रतिशत कर्जा खराब देखिंदा एनआईसी एशियामा शुन्य दशमलव ५१ प्रतिशत कर्जा खराव देखिएको छ ।

गत आवको सोही अवधिमा भने हिमालयनमा शुन्य दशमलव ९९ प्रतिशत कर्जा खराव देखिंदा एनआईसी एशियामा शुन्य दशमलव ३४ प्रतिशत कर्जा खराब देखिएको थियो । खराब कर्जा बढी हुनेमा कृषि बिकास बैंक र नेपाल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन् । यि बैंकहरुमा क्रमश ः चार दशमलव ३५ र चार दशमलव १६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात दुई दशमलव ३२ र दुई दशमलव शुन्य छ प्रतिशत रहेको थियो । यि बाहेकका सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक, ग्लोवल आईएमई बैंक र सिद्धार्थ बैंकमा भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः तीन दशमलव ९८, तीन दशमलव ९७, तीन दशमलव ९६ र तीन दशमलव ९५ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ७३, शुन्य दशमलव ९६, एक दशमलव ४५ र एक दशमलव १२ प्रतिशत रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, सनराईज बैंक , प्रभु बैंक र प्राईम कर्मसियल बैंकमा भने चालु आवको तेस्र्रो त्रैमासमा क्रमशः तीन दशमलव ९४, तीन दशमलव ८८, तीन दशमलव ८७, तीन दशमलव ६२, तीन दशमलव ४८ र तीन दशमलव शुन्य छ प्रतिशत कर्जा खराब देखिएको छ ।

गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश ः दुई दशमलव २०, तीन दशमलव शुन्य तीन, एक दशमलव १४, एक दशमलव ३७, एक दशमलव २१ र शुन्य दशमलव ९४ प्रतिशत रहेको थियो । एनएमबी, माछापुच्छ«े र सानिमा बैंकमा भने चालु आवको तेस्रो त्रैमासमा क्रमश : दुई दशमलव ९६, दुई दशमव ३७ र दुई दशमलव २७ प्रतिशत कर्जा खराव रहेको छ ।

गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ४६, शुन्य दशमलव ८७ र शुन्य दशमलव ३८ प्रतिशत रहेको थियो । चालु आवको तेस्रो त्रैमासमा लक्ष्मी बैंकमा भने एक दशमलव ८२ प्रतिशत कर्जा खराब रहेको थियो । गत आवको सोही अवधिमा लक्ष्मीमा यस्तो कर्जाको अनुपात एक दशमलव शुन्य आठ प्रतिशत रहेको थियो ।

चालु आवको तेस्रो त्रैमासमा नेपाल एसबिआई, स्टान्र्डड चार्टड र एभरेष्ट बैंकमा भने क्रमशः शुन्य दशमलव ९७, शुन्य दशमलव ९० र शुन्य दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शुन्य दशमलव १४, शुन्य दशमलव ३६ र शुन्य दशमलव २६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया