बुधबार, वैशाख १०, २०८२

चार बिकास बैंक र दुई फाईनान्स राष्ट्र बैंकको कारवाहीमा

नेपालखोज २०८० वैशाख ८ गते १५:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वटा बिकास बैंक सहित दुई वटा फाईनान्स कम्पनीहरुलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९–०८० को दोस्रो त्रैमासमा गरिएको गैरस्थलगत निरीक्षणका क्रममा त्रुटी भेटिएपछि कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारवाही गरिएको हो । यस अवधिमा नेपाल फाईनान्स र जानकी फाईनान्स पनि कारवाहीमा परेको राष्ट्र बैंकको भनाई छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा १७ लाख ९३ हजार छ सय ४७ रुपैंयाँ र २०७९ कात्र्तिकमा तीन लाख ३५ हजार चार सय ७४ रुपैयाँ हर्जाना तिराईएको छ ।

सिन्धु बिकास बैंकलाई पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा छ लाख ८२ हजार एक सय २१ रुपैंयाँ हर्जाना तिराईएको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई गरिएको कारवाही अन्र्तगत पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा पाँच लाख आठ हजार दुई सय र २०७९ कात्र्तिकमा तीन लाख चार हजार दुई सय २९ रुपैंयाँ हर्जाना तिराईएको छ ।

यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकलाई गरिएको कारवाही अन्र्तगत तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा ३० लाख ५९ हजार तीन सय ४४ रुपैंयाँ र २०७९ कात्र्तिकमा २२ लाख ७७ हजार तीन सय दुई रुपैंयाँ हर्जाना तिराईएको छ ।

फाईनान्स कम्पनीहरुलाई गरिएको कारवाही अन्र्तगत भने नेपाल फाईनान्सलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा एक लाख ४९ हजार तीन सय ६४ रुपैयाँ हर्जाना तिराईएको छ ।

यसैगरी जानकी फाईनान्सलाई पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा ८० हजार नौं सय ८५ रुपैंयाँ हर्जाना तिराईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया