परशुराम जयन्ती आज

आज परशुराम जयन्ती भगवान विष्णुका दशावतार मध्येका एक भगवान परशुरामको जन्मजयन्ती वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । यसै दिन अक्षय तृतीया पर्व पनि मनाइन्छ । महर्षि जमदग्नी र रेणुकाका छोरा परशुराम भगवान विष्णुका छैटौं अवतार थिए । यस पटकको परशुराम जयन्ती आज वैशाख ९ गते शनिबार (२२ अप्रिल २०२३) मनाइदैछ ।
यो तिथिलाई प्रदोष व्यापिनी मान्नुपर्छ किनभने भगवान् परशुरामको प्रकट काल प्रदोष काल मात्रै हो । भगवान परशुराम पृथ्वीमा भएका अष्ट चिरन्जीवी मध्ये एक हुन । भगवान् परशुराम अमर हुनुहुन्छ अश्वत्थामा बलिव्यासो हनूमांश्च विभीषण:। कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥ सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्। जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।। पुराणले हनुमान जी, अश्वत्थामा, कृपाचार्य, भगवान परशुराम, ऋषि मार्कण्डेय, राजा बलि, महर्षि वेदव्यास तथा विभीषण सहित ८ महापुरुषलाई अष्ट चिरन्जीवी मानेको छ ।
यसरी रामबाट परशुराम बने भगवान परशुरामको जन्मपछि उनका अभिभावकले उनको नाम ‘राम’ राखेका थिए । उनी भगवान शंकरका प्रखर भक्त थिए । उनको तपस्याबाट प्रसन्न भएर महादेवले उनलाई अनेकन हतियार दिएका थिए जसमध्ये एउटा बन्चरो पनि थियो । बन्चरो (फरसा )लाई परशु पनि भनिन्छ। बञ्चरो पाएपछि उनी परशुरामकन नामले चिनिन थाले । श्री कृष्ण लाई जिम्मा लगाएका थिए सुदर्शन चक्र परशुरामले भगवान विष्णुको आठौं अवतार श्रीकृष्णलाई सुदर्शन चक्र हस्तान्तरण गरेका थिए।
शिक्षा प्राप्त गरिसकेपछि भगवान कृष्णले परशुरामलाई भेट्दा दुष्टको नाश गर्न भन्दै उनले सुदर्शन चक्र दिए । त्यति बेला परशुरामले भनेका थिए अब यो जमाना श्रीकृष्णहरुको हो । शास्त्रमा भगवान परशुरामको अवतार सबैभन्दा गहन र व्यापक छ । भनिन्छ – परशुराममा क्रोध प्रवल रुपमा थियो । उनले पृथ्वीमा बढ्दो अत्याचार रोक्न २१ पटक क्षेत्रिहरूको हत्या गरे । अर्कातर्फ भगवान परशुरामले आफ्नो बुबाको आदेश पालन गर्न आफ्नी आमालाई मारेका थिए, यद्यपि पछि उनले आफ्नो बुबासँग वरदान मागेर आमालाई पुनर्जीवित गरे ।
प्रतिक्रिया