बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकद्वारा पुुनः २८ अर्ब ६० करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० वैशाख १० गते १७:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने बैशाख १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको आठ अर्ब ६० करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको चार अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० जेठ ९ गते, २०८० साउन नौं गते, २०८० कार्तिक सात गते र २०८१ बैशाख ११ गते तोकिएका छन् ।

यि ट्रेजरीहरुमा २८ दिने अवधिको १० अर्ब मध्ये पाँच अर्ब र ९१ दिने अवधिको आठ अर्ब ६० करोड मध्ये पाँच अर्ब नयाँ रहेका छन् भने बाँकी सबै पुरानो नविकरण रहेका छन् । यसअघि यही बैशाख चार गते पनि राष्ट्र बैकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया