वाग्लेले कटाए ५ हजार मत, पछ्याउँदै भट्टराई र खनाल
नेपालखोज
२०८० वैशाख ११ गते ६:५८

तनहुँ । तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । ९ हजार २४६ मत गनिसक्दा रास्वपाका स्वर्णिम वाग्लेले सुरुवातिदेखिको अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेट अनुसार वाग्लेले ५०९१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको १५४९ मत छ ।
सम्बन्धित
प्रतिक्रिया