मंगलबार, वैशाख ९, २०८२

संसारका सबैभन्दा महंगा जुत्ता

नेपालखोज २०८० वैशाख ११ गते १४:१४

काठमाडाैं । यदि कसैले संसारको सबैभन्दा महँगो जुत्ताका बारेमा सोध्यो भने हामि ८- १० लाख रुपैयाँ सम्म भन्न सक्छौ । यद्यपि त्यो गलत उत्तर हुन्छ । साँच्चै भन्ने हो भने यस्तो जुत्ताको मूल्य करोडौं पर्छ । विश्वको सबैभन्दा महँगो जुत्ताको मूल्य २५.६० करोड रुपैयाँभन्दा बढी छ । बजारमा यस्ता महँगा जुत्ता अरु पनि छन ।

ठोस सुनको OVO x Air Jordans जूताको मूल्य २ मिलियन (लगभग २६ करोड रुपैयाँ जति ) छ । यो जुत्ता अमेरिकी पप स्टार ड्रेकको स्वामित्वमा छ ।

कान्ये वेस्ट ले २००८ को ग्रामी अवार्डमा लगाएको नाइक एयर येजी जुत्ता २६ अप्रिल २०२१ मा १.८ मिलियन (लगभग २४ करोड रुपैयाँ) मा बिक्री भएको थियो ।

माइक जोर्डनको स्नीकर्स १.४७ मिलियन डलर (लगभग १९ करोड) मा बिक्री भएको थियो । कलेक्टर निक फियोरेलाले २४ अक्टोबर २०२१ मा लस भेगासको सोथेबीमा उक्त मुल्य तिरेका थिए ।

सन् १९८५ को एक खेलकुद प्रदर्शनीमा शिकागो बुल्स स्टारले लगाएको जुत्तालाई निकै चर्चामा थियो । त्यो जुत्ता अगस्ट २०२० मा भएको अनलाइन लिलामीमा ६१५,००० डलर (लगभग ८ करोड रुपैयाँ) मा बिक्री भएको थियो ।

नाइकको एक जोर जुत्ता २०२० मा ०.५ मिलियन डलरमा लिलामीमा बिक्री भएको थियो । माइकल जोर्डनले हस्ताक्षर गरेको उक्त जुत्ता उनले सन् १९८५ को एक खेलमा लगाइएका थिए ।

माइकल जोर्डनको एयर जोर्डन २१ ‘स्पेस जाम’ को नमूना जुलाई २०२१ मा १७६,४०० डलरमा लिलाम भयो। ती जुत्ता माइकल जोर्डनले १९९६ को फिल्म स्पेस जाममा लगाएका थिए ।

प्रतिक्रिया