बुधबार, वैशाख १०, २०८२

सिटिजन्स बैंक र पल्पसा प्याराडाइज होमबिच सम्झौंता

नेपालखोज २०८० वैशाख ११ गते १४:३७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौडा, मकवानपुर स्थित पल्पसा प्याराडाइज होम प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, एक सय ३९ वटा ए.टि.एम. तीन वटा विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया