आदि शंकराचार्य जयन्ती आज

अप्रिल २५ मा आदि शंकराचार्यको जन्मजयन्ती मनाइन्छ । उनको जन्म सन् ७८८ वैशाख शुक्ल पक्षको पाँचौ दिनमा भएको थियो । आदि शंकराचार्यले ८ वर्षको उमेरमा सबै वेदको ज्ञान प्राप्त गरेका थिए । उनको जन्म दक्षिण भारतको नंबुदिरी ब्राह्मण वंशमा भएको थियो। हिजोआज यो वंशका ब्राह्मणहरू बद्रीनाथ मन्दिरका रावल छन्। ज्योतिर्मठको शंकराचार्य सिंहासनमा नंबुदिरी ब्राह्मणहरू मात्र बस्छन् । सन् ८२० मा मात्र ३२ वर्षको उमेरमा शंकराचार्यले हिमालय क्षेत्रमा समाधि ग्रहण गरेको विश्वास गरिन्छ । यद्यपि शंकराचार्यको जन्म वर्ष र समाधि ग्रहण गर्ने सन्दर्भमा धेरै मतभिन्नताहरु छन् ।आदि शंकराचार्य ८ वर्षको उमेरमै सबै वेदको ज्ञानी थिए । उनले भारत भ्रमण गरी चारै दिशामा चार पीठ स्थापना गरे। जुन आजको चार धाम हो । शंकराचार्यले गोवर्धन पुरी मठ ९जगन्नाथ पुरी०, शृंगेरी पीठ ९रामेश्वरम०, शारदा मठ ९द्वारिका० तथा ज्योतिर्मठ ९बद्रीनाथ धाम० स्थापना गरेका थिए।
सांस्कृतिक एकता
आदि शंकराचार्यले भारतको सांस्कृतिक र आध्यात्मिक एकताका लागि विशेष व्यवस्था गरेका थिए। उनले उत्तर भारतको हिमालयमा रहेको बद्रीनाथ धाममा दक्षिण भारतका ब्राह्मण पुजारी र दक्षिण भारतको मन्दिरमा उत्तर भारतका पुजारीलाई राखे। यसैगरी पश्चिमका पुजारीलाई पूर्वी भारतको मन्दिरमा र पूर्वी भारतका ब्राह्मण पुजारीलाई पश्चिमी भारतको मन्दिरमा राखिएको थियो।
धर्म तथा संस्कृतिको संरक्षण
आदि शंकराचार्यले दशनामी सन्यासी अखाडाहरू विभाजित गरेका थिए । यी अखाडाका भिक्षुहरू नामको पछाडिका शब्दबाट चिनिन्छन्। नामको पछाडि वन, अरण्य, पुरी, भारती, सरस्वती, गिरी, पर्वत, तीर्थ, सागर र आश्रम शब्दहरू देखिन्छन्। आदि शंकराचार्यले उनिहरुलाई नाम अनुसार विभिन्न जिम्मेवारी दिए। यसमा वन र अरण्य नामका भिक्षुहरूले साना(ठूला वनमा बसेर धर्म र प्रकृतिको रक्षा गर्नुपर्थ्यो ।
यी ठाउँबाट कुनै पनि अधर्मी भित्र पस्न नपावोस् भन्ने पनि ख्याल राखिएको थियो । पुरी, तीर्थ र आश्रम नामका संन्यासीहरूलाई तीर्थस्थल तथा पुरातन गुम्बाहरूको रक्षा गर्ने जिम्मेवारी दिइएको थियो । भारती र सरस्वती नामका सन्यासीहरूको काम इतिहास, अध्यात्म, धार्मिक ग्रन्थको संरक्षण गर्ने तथा उच्च शिक्षाको व्यवस्था गर्ने थियो। हिमाल, त्यहाँका बासिन्दा, औषधि एवं प्राकृतिक स्रोतको रक्षा गर्न गिरी र पार्वता नामका सन्त नियुक्त भएका थिए भने सागरको रक्षाका लागि सागर नामका सन्तहरू खटाईएका थिए ।
प्रतिक्रिया